आँधीको कारण जनजीवन अस्तव्यस्त



म्याङकुट आँधीले दक्षिणी चीनको जनजीवन अस्तव्यस्त पारेको छ जहाँ डुबान वर्षा र तीव्र हुरी चलिरहेको छ ।

प्रतिघण्टा १ सय ६२ किलोमिटरको वेगमा आएको उक्त आँधीका कारण उडानहरू रद्द भएका छन्, रेलहरू रोकिएका छन् र मुख्य सडकहरू बन्द भएका छन् ।

यसले गर्दा लाखौँ मानिसहरूको जनजीवन ठप्प भएको छ ।

जनघनत्व धेरै भएको ग्वाङडुङ प्रान्तमा उच्च सतर्कताका माझ घरहरू बन्द गरिएका छन् ।

चिनियाँ सरकारी माध्यमका अनुसार उक्त क्षेत्रमा दुईजनाको ज्यान गएको छ। उता फिलिपिन्समा म्याङ्कुट आँधीकै कारण कम्तीमा ६४ जनाको ज्यान गइसकेको छ ।

फिलिपिन्सको उत्तरमा आपतकालका लागि खटिएको टोलीले आँधीले निम्त्याएको पहिरोमा फसिरहेका मानिसहरूको उद्धार गरिरहेको छ ।

त्यहाँ खानीमा काम गर्ने कम्तीमा ३० जनासहित दर्जनौँको मृत्यु भएको छ ।

सन् २०१८ को सबैभन्दा शक्तिशाली मानिएको आँधी म्याङ्कुट पश्चिमतिर अघि बढ्नुभन्दा पहिला शनिबार फिलिपिन्सको मुख्य द्वीप लुजोन हुँदै आएको थियो ।

म्याङकुट आँधी भित्रिभुभागतर्फ अघि बढिरहँदा ट्रपिकल डिप्रेसन भनिने उष्ण भुभागमा हुने वर्षा हुँदै विस्तारै मंगलबारसम्म कमजोर हुँदै जाने ठानिएको छ ।

म्याङ्कुट आँधीका कारण आइतबार अपरान्ह जियाङमेगन सहर नजिकैको चिनियाँ तटमा पहिरो गएको थियो ।

म्याङ्कुट आँधीले विध्वंश निम्त्याउनसक्ने भन्दै चीनमा करिब २५ लाख मानिसहरूलाई अन्यत्र सारिएको छ र उच्च सतर्कता अपनाउन भनिएको छ ।

आँधीको असर हङकङमा पनि देखिएको छ र त्यहाँका गगनचुम्बी घरहरूका झ्यालहरू उडाएका छन् । बीबीसी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्