कला तथा सिल्पीका सृजनहार विश्वकर्मा वावाको पुजा सम्पन्न



बिष्णुकुमार देवकोटा

दाङ असोज १

कला तथा सील्पीका प्रणेता सृजनहार हिन्दूहरुका आराध्य देवता विश्वकर्मा वावाको बिधिवत् पुजा आज दाङ लगाएत विश्वभर सम्पन्न हुँदै छ । बिज्ञान, कला तथा सिल्पी का देवताको रुपमाा हिन्दू धर्म सास्त्रहरुमा बर्णीत विश्वकर्मा वावाको बिधिवत् पुजा आजा तथा सम्मान कार्यक्रम आज पाण्डवेश्वरी यातायात प्रा.लि. घोराहीले सम्पनन गरेको छ । हातहतियार, सवारी साधन तथा धन दौलत र ऐश्वर्यको पुजा गरीने विश्वकर्मा को पुजा विभिन्न फलाम संग सम्बन्धित व्यवसायीक प्रतिस्ठानहरु तथा अटो मोवाइल्स, ग्यारेजहरुले पनि सम्पन्न गरेका छन् ।

विश्वकर्मा वावा को पुजाको अवसरमा सवारी पुजा गर्दे एक परिवार घोराही मा

पाण्डवेश्वरी यातायात प्रालिका अध्यक्ष सरोज शाहको सभाअध्यक्षता तथा प्रदेश साँसद् प्रदेश नं ५ अमर बहादुर डाँगीको प्रमुख आतिथ्य तथा नेपाली काँग्रेसका क्षेत्र नं ३ का क्षेत्रिय सभापति तथा पाण्डवेश्ह्वरी यातायात प्रा.लि.का सल्लाहकार भूप बहादुर डाँगीको विसिस्ट आतिथ्यमा पुजाआजा सम्पन्न भएको हो ।

विश्वकर्मा वावा पुजा स्थान अटो भिलेज घोराही

कार्यक्रममा बोल्ने बक्ताहरुले विश्वकर्माका सन्तानहरु (दलितहरु) सर्बत्र अपहेलीत भएको संदर्भ कोट्ट्याउँदै वक्थाहरुले जातयि समानता र आत्मसम्मानका लागि राज्य लागी पर्नुपर्ने र सोंचमा बदलाव आवस्यक रहेको बताउनुभयो ।

 

विश्वकर्मा वावा पुजा को अवसरका सिंगारीएको घोराही को बसपार्क

यातायात प्रा.लिका वरिष्ठ उपाध्यक्ष केशव नेपाली को स्वातत मन्तव्य बाट सुरुभएको  औपचारीक कार्यक्रमा प्रवल जनसेवा श्री पुरस्कार बाट बिभुषित दाङ जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब  उपरीक्षक राम प्रसाद घर्तिमगरलाई सम्मान गरीएको थियो ।

 

विश्वकर्मा वावा पुजा अबसरमा यातायात मजदूरहरु

कार्यक्रमको संचालन प्र.लि.का सल्लहकार रेशम  राज गीरी  ले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्