दाङ, १ असोज । नेपाल कम्युनिष्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुबेदी ‘प्रयास’ पक्राउ परेका छन् ।पार्टीको संगठन सुदुढ तथा विस्तार अभियान बेला सोमबार रोल्पा नगरपालिका वडा नं. १० भन भनेबाट प्रहरीले सुवेदीलाई गिरफ्तार गरेको हो ।सुवेदी पक्राउ परेको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले विरोध जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरो इन्चार्ज सुवासले एक विज्ञप्ती जारी गरी बिरोध गर्नु भएको हो ।
प्रहरी प्रशासनबाट अपहरणशैलीमा गरिएको गिरफ्तारीको नेपाल कम्युनिष्ट पार्टीले कडा शब्दमा निन्दा एवं भत्सर्ना गर्दै अभिलम्ब विना सर्त रिहा गर्न जोडदार माग गरेको छ । पार्टीका राप्ती ब्यूरो इन्चार्ज सुवासद्वारा जारी विज्ञप्तीमा भनिएको छ –“सरकारको गिरफ्तार र धरपकडले अभियान नरोकिने बरु तीब्रतम तरिकाले अगाडि बढ्ने यसै विज्ञप्तीमार्फत आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं । साथै गिरफ्तार कमरेडलाई विना सर्त रिहा नगरे पार्टी चरणबद्ध संघर्षमा जान बाध्य हुने कुरा पनि यसै विज्ञप्तीमार्फत चेतावनी दिन चाहन्छौं विज्ञप्तीमा भनिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।