सरकारले बढायो इन्धनको मूल्य



काठमाण्डौ २ असोज  । सरकारले इन्धनको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको तुलनामा भारतीय मूल्य कमजोर भएपछि नेपाली बजारमा इन्धनको मूल्यमा बृद्धि भएको नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशन शुशील भट्टराईले बताए ।

आयल निगमले स्वचालित मूल्य प्रणाली अनुसार इन्धनको मूल्य समायोजन गरेको हो । समायोजित मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा बृद्धि भएको छ ।

 

निगमले १० दिन अघि २० भदौमा मात्रै इन्धनको मूल्यमा भारी बृद्धि गरेको थियो । आइतबार भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको मूल्य अनुसार १ अर्ब ३ करोड मूल्य घाटा हुने भएकाले इन्धनको मुल्य बृद्धि भएको भट्टराईले बताए ।

पुरानो मूल्य अनुसार अायल निगमलार्इ पेट्रोलमा ४ रुपैयाँ ४४ पैसा र डिजेलमा ५ रुपैयाँ १२ पैसा नोक्सान हुने उनको भनाइ छ । सरकारले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा समान ३/३ रुपैयाँ बढाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्