फिल्मको टेन्सनले दीपाको यो अवस्था



सैघाली खबर, २ असोज ।

निर्देशक दीपाश्री निरौलाको गेटअप र मेकअप काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा फरक देखियो । दीपाश्रीको तौल केही घटेको थियो भने उनी राम्री देखिएकी थिइन् ।

दीपाश्रीले आफू ५ केजी घटेको बताइन् । उनले भनिन्-‘म जीम पनि गएकी छैनँ, खानामा पनि त्यस्तो कन्ट्रोल गरेकी छैनँ । तर, पनि दुब्लाएकी छु । चलचित्रको काम र टेन्सनले दुब्लाएको उनले बताइन् ।’

चलचित्र ‘छक्का पन्जा ३’को रिलिजका लागि दौडधुप गरिरहेकी दीपा अहिले दुब्लाएपछि खुशी छिन् । कुनै समय दुब्लाउनका लागि खुबै मिहिनेत गरेपनि खासै प्रगती भएको थिएन । तर, यसपटक चलचित्रको कामले नै दुब्लाएपछि उनी दंग देखिएकी हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्