आर्यन र शृष्टिको ‘बाँध मायाले’



सैघाली खबर, २ असोज ।

असोज ५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘बाँध मायाले’ को पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक नयाँ पोष्टरमा चलचित्रका मुख्य दूई कलाकार आर्यन अधिकारी र शृष्टि श्रेष्ठ रोमान्टिक मुद्रामा प्रस्तुत भएका छन् । टौवा क्रिएशनका लागी शान थापा र विजय वस्यालले पोष्टर डिजाईन गरेका हुन् ।

 

लभस्टोरी जनरा बताईएको चलचित्रको पोष्टर सोहि अनुसार सार्वजनिक गरिएको छ । सविर श्रेष्ठ निर्देशित चलचित्रमा आर्यन र सृष्टिसँगै नव नायक किशोर खड्का, कलाकार राजाराम पौडेल लगायतको अभिनय रहेको छ ।रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको चलचित्रमा केदार धिताल कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्