आर्थिक विकास नै सरकारको मुल लक्ष्य-प्रधानमन्त्री



काठमाडौंः प्रधानमन्त्री केपी ओलीले सुशासन र आर्थिक विकास नै सरकारको मूल लक्ष्य रहेको बताएका छन्। प्रधानमन्त्री ओलीले मुलुकलाई सुशासन र आर्थिक विकासको बाटोमा अघि बढाउने गरी शैक्षिक नीति तथा कार्यक्रम तय गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए।

मंगलबार त्रिभुवन विश्वविद्यालय सभाको साधारण सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउन आवश्यक शिक्षित, सक्षम र दक्ष जनशक्ति बनाउने गरी शैक्षिक नीति तथा कार्यक्रम बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए।

त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले मानव उचित सभ्य र सुसंस्कृत समाज निर्माण हुने गरी राज्यले शैक्षिक नीति लिनुपर्ने पनि स्पष्ट पारे।

उनले मुलुकलाई सुशासन र आर्थिक उन्नतिको बाटोमा अघि बढाउनुको विकल्प नरहेको उल्लेख गर्दै सबै क्षेत्रलाई सो लक्ष्य हासिल हुनेगरी अघि बढन पनि आह्वान गरे।

प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्य हासिल हुने गरी अघि बढन पनि त्रिभुवन विश्वविद्यालयलाई सचेत गराए। उनले सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गरिसक्ने प्रतिवद्धता नेपालले पनि जनाएकाले सोही अनुसारको काम, कार्वाही अघि बढाउन पनि विश्वविद्यालयका पदाधिकारीलाई आग्रह गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्