एक युवतीमाथि सामुहिक बलात्कार



काठमाण्डौ।

भिमढुंगाको होटलमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार २१ वर्षीया युवतीमाथि सोमबार भिमढुगंगाको एक होटलमा बलात्कार भएको हो । घटनामा संलग्न होटल सञ्चालक रामकृृष्ण नगरकोटी र उनका साथीहरु नुवाकोट रालुकादेवी गाउँपालिका–९ घर भई कलंकी बस्ने ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका–८ मजुवा बस्ने ३३ वर्षीय सूर्य राना छन् ।

नागार्जुन नगरपालिका–७ हसनटार बस्ने ती महिलालाई उनीहरुले ललाई फकाई नगरकोटीले संचालन गरेको होटलमा जवरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ।

युवती हराएको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नगरकोटीको होटलमा उनलाई फेला पारेको थियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्