बच्चा जन्माएर ट्वाइलेटमा फाल्ने अविवाहित किशोरी पक्राउ



सुनसरी, २ असोज । बच्चा जन्माएर फालेका अभियोगमा धरानमा एक किशोरी पक्राउ परेकी छन् । धरान उपमहानगरपालिका–१०, नारायन चोकमा डेरा गरी बस्ने इनरुवा डुम्राहा घर भएकी १९ वर्षीया अस्मिता चौधरीलाई उक्त अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौधरीले गएराति जन्मिएको नवजात शिशुलाई शौचालय नजिकै फालेकी हुन् । उक्त नवजात शिशु मृत भेटिएको प्रहरीले जनाएको छ ।

चौधरीले अविवाहित छन् । बच्चा उनको भएको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बच्चाको बाबुकाबारेमा थाहा भएको छैन । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्