नेपालीको अाैसत अायु भारतीयको भन्दा बढी



काठमाडाैं । प्रतिव्यक्ति कुल राष्ट्रिय आय हेर्ने हो भने नेपालसँग भारतको तुलना नै हुँदैन भन्दा पनि हुन्छ । नेपालको प्रतिव्यक्ति आय २,४७१ अमेरिकी डलर छ भने भारतको ६,३५३ रहेको छ । तर नागरिकहरूको औसत आयु हेर्ने हो भने नेपाल भारतभन्दा अगाडि देखिन्छ ।

अनि श्रम बजारमा सक्रिय महिलाको सङ्ख्यामा त भारत नेपालभन्दा धेरै पछाडि देखिन्छ । गत शुक्रवार सार्वजनिक महत्त्वपूर्ण मानिएको मानव विकासको प्रतिवेदन हेर्दा यस्तै विवरण भेटिन्छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल मध्यमखाले मानव विकास भएको मुलुकमा परेको छ ।

तर त्यस सूचकको एउटा आधार मानिएको औसत आयुमा नेपाल दक्षिण एशियाका कतिपय छिमेकी मुलुकहरूको तुलनामा अगाडि देखिन्छ । नेपालभन्दा झन्डै तीनगुणा बढी प्रतिव्यक्ति औसत राष्ट्रिय आय भएको दक्षिणी छिमेकी भारतका नागरिकको औसत आयु नेपालीको तुलनामा कम छ । प्रतिवेदनअनुसार नेपालीको औसत आयु ७०.६ वर्ष छ भने भारतीयको ६८.८ वर्ष मात्र रहेको तथ्यांक सार्वजनिक भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्