जिल्लामा शिक्षक दरबन्दी मिलान अलपत्र



दाङ, ५ साउन ।
मनु मगर,

दाङमा शिक्षक दरबन्दी मिलान अलत्र परेको छ । जिल्ला शिक्षा कार्यालयले चैत सम्म शिक्षक दरबन्दी मिलान गर्ने भनिएपनि अहिलेसम्म काम हुन सकेको छैन् । कार्यालयले पेशागत शिक्षक संघ संगठनका प्रतिनिधी राखेर कार्यदल समेत गठन गरेको छ ।

कार्यदलले केही काम गरेपनि शिक्षक खटाउन भने सकेको छैन । अब शिक्षक दरबन्दीको काम स्थानिय तहले गर्ने देखिएको छ ।

दरबन्दी मिलानको लागि जनप्रतिनिधी संग छलफल गर्ने तयारी भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

कार्यालयले केही दिनमा नै जिल्लाका १० वटै स्थानिय तहका जनप्रतिनिधी संग छलफल गरेर अगाडी बढ्ने जिल्ला शिक्षा अधिकारी रमेश प्रसाद मैनालीले जानकारी दिनुभयो ।

शिक्षा कार्यालयले छलफलका लागि आउदो आईतवारको समय तोकेको छ । उक्त बैठकमा शिक्षक दरबन्दी मिलानको शिषयले प्रबेश पाउने अधिकारी मैनालीले बताउनुभयो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्