फोरमका नेता समेत रहेका सत्तासिन उपेन्द्र यादवले भनेः फोरमले संविधान दिवसको विरोध गर्ने कुनै कार्यक्रम छैन



काठमाडौं, २ असोज । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले असोज ३ गते संविधान दिवसको विरोध गर्ने आफ्नो दलको कुनै कार्यक्रम नरहेको बताएका छन् ।

विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले संविधानलाई मानेर विभिन्न निर्वाचनमा भाग लिइसकेको र संविधानबारे रहेको असहमतिलाई सम्बोधन गरी संशोधन र परिमार्जन गर्दै लैजाने प्रक्रिया शुरु भइसकेकाले संविधानको विरोध गरिरहनु नपर्ने बताए । उनले केही व्यक्तिले बाटाबाटामा निकालेको विज्ञप्तिको कुनै औचित्य नरहेको पनि स्पष्ट पारे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्