निर्मला पन्त बलत्कारपछि हत्या प्रकरणः सेनाको संलग्नता रहेको शंका



काठमाडौं, २ असोज ।
कञ्चनपुर भिमदत्तनगरपालीकाकी बालीका निर्मला पन्त बलात्कार पछि हत्या सन्दर्भमा अनुसन्धान गरिरहेको उच्चस्तरीय छानबिन समितिले नेपाली सेनाको संलग्नता रहेको आशंका गरेको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार निर्मलाको शव पाइएको स्थान नजिकै सेनाको ब्यारेक रहेकाले सेनाबाटै घटना भएको हुनसक्ने कतिपय सूचना प्राप्त भएको छ । तत्कालीन एसपी डिल्लीराज विष्ट भएकै बेला साउन १० गते बाहिर निस्किएका सेनाको विषयमा पनि अनुसन्धान गर्न सुझाव दिइएको थियो । एक प्रहरीका अनुसार सेनाका केही जवानको मोबाइल नम्बर पनि अनुसन्धानका लागि सिआइबीको टोलीलाई उपलब्ध गराइएको थियो ।

प्रहरीले शंकास्पद विभिन्न व्यक्तिहरुको कल डिटेल हेरिरहेको बताइएको छ । यसैबीच, हत्याकाण्डको अनुसन्धानमा विभिन्न तहबाट संलग्न प्रहरी अधिकारीको मोबाइल जफत गरिएको छ । घटनामा प्रहरी अधिकारीहरुको भूमिकाबारे अनुसन्धान गरिरहेको डीआईजी धिरु बस्न्यातको टोलीले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित १९ जनाको मोबाइल जफत गरेको हो । टोलीले प्रहरी प्रधान कार्यालयमै बोलाएर तत्कालीन एसपी विष्टसहित कञ्चनपुर प्रहरीका १६ जना र सिआईबीका डिएसपी अंगुर जिसीसहित ३ जनाको मोबाइल तथा सिमकार्ड जफत गरेको हो । कञ्चनपुरबाट मुद्दा शाखामा कार्यरत प्रहरी, सिभिल टोलीमा खटिएका प्रहरी, मुचुल्का उठाउने कार्यमा रहेका प्रहरीलाई पनि काठमाडौं झिकाइएको छ ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा संग्लन कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्ट सहित ६ जना प्रहरी यसअघि नै निलम्बनमा परिसकेका छन् । निर्मला बलात्कार र हत्या अभियोगमा प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्ट नक्कली अभियुक्त भएको पुष्टि भएपछि प्रहरी अधिकारीहरु निलम्बनमा परेका थिए । गत साउन १० गते घरबाट साथीको घरमा निस्किएकी भीमदत्त नगरपालिका २ महुलियाकी १३ वर्षीय किशोरी निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्