फोटो सहितको नामावली दर्ता कार्यक्रम जारी



घोराही, ५ साउन ।

मनु मगर,

जिल्ला निर्बाचन कार्यालय दाङमा झण्डै २ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

साउन १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा अहिलेसम्म १ हजार ६ सय ३२ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत विजय कुमार कार्कीलेजसमा महिला ७ सय ८७ जना र पुरुष ८४५ रहेको कार्कीले जानकारी दिनुभयो ।

फोटा सहतिको मतदाता नामावली साउन महिनाभरि जारी रहने बताइएको छ । साउन १५ गते सम्म जिल्लाको निर्बाचन कार्यालयमा तथा १६ गतेवाट ३२ गते सम्म जिल्लाका १० वटै स्थानिय तहबाट मतदाता नामावली संकलन गरिने निर्वाचन अधिकृत कार्की बताउनुभयो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्