“ नाका क्षेत्रमा संचार टावर, बाटोघाटो शिक्षा र स्वास्थ्यमा मेरो लगानी” – लेकराज के.सी



बिष्णुकुमार देवकोटा
दाङ असोज ३

राजपुर गाँऊ पालिकाका अध्यक्ष लोकराज के.सी.ले आफ्नो बिकास नाका क्षेत्रमा केन्द्रित गरेको बताउनुभएको छ । सैघाली खबर डट कम संग आफ्नै कार्य कक्षमा कुराकानी गर्दे के.सीले यस्तो बताउनुभएको हो ।
“सीमाबासीहरु बिना बर्दिका सिमा रक्षकहरु हुन् त्यसैले देशको राष्ट्रि«य अखण्डता र सीमा रक्षाका लागी हाम्रो लगानी नाका केन्द्रित छ” के.सीले भन्नुभयो ।

कर्मचारीहरुको अपर्याप्तता तथा भौगोलिक बिकटाका साथै घट्दो बजेट समेतका कारणले अपेक्षाकृतरुपमा सबै क्षेत्रमा बिकास निर्माणका कार्यहरु हुन नसकेतापनि चुनावी प्रतिबद्धता अनुसार नाका क्षेत्रमा टावर, बाटोघाटो शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य लगानी गरिएको प्रमुख के.सी.ले जानकारी दिनुभयो ।

“ जनप्रतिनिधिहरु बस्ने पर्याप्त स्थानको समेत अभाव छ ” के.सीले भन्नुभयो । हाल गाँउपालिकाको कार्यालय बिद्यालयको जग्गामा बनेको सानो ६ कोठे भवनमा बसेको छ ।

दैनिक कार्य सम्पादनमा समेत असर परीरहेको उपप्रमुख धनपती यादवले बताउनुभयो । “ गाँपा प्रमुख बस्ने कार्यकक्ष नै छैन ” यादवले भन्नुभयो । राजपुर गाँउपालिकाको केन्द्र सानेृर सवालमा केहि समस्या रहेको भन्दै क.सी.ले सरकारले नयाँ भवन बनाउन पाँच करोड रकम बिनयोजन गरेको तर बिबादका कारण रकम समेत फ्रिज भएर जाने अवस्था देखिएको छ ।

“ हाम्रो आन्तरीक समस्या हो हामी मिलाउछौं केन्द्र सार्नुको कुनै विकल्प छैन ” के.सीले भन्नुभयो ।
गाँउपालिकाकाले केन्द्र राजपुर वडा नं ५ जंग्रहवामा सार्ने तयारी गरेको के.सीले बताउनुभयो ।

भौगोलिक तथा बिकासका दृष्टिकोणले अत्यन्त पिछडिएको क्षेत्र लाई यहाँको प्रचुर साधन र श्रोतको समुचित उपयोग गर्न सके ५ बर्ष भित्रै सम्बृद्धि हासिल गर्न सकिने केसीको दावि छ ।

“ यहाँको नदि तथा खानी जन्य बस्तुहरुको व्यवस्थापन, बन पैदावारमा आधारीत बस्तुहरुको बिक्रिबितरण गर्नसके बिकास संभव छ ” केसीको दावी छ ।

राजपुर गाँपाले कर नबढाई करको दायरा बढाएको पनि के.सीले बताउनुभयो ।

गाँपालाई नाका क्षेत्र संग जोड्न वडा नं ६ को खाँङ्ग्रा नाका र वडा नं ८ को मारडि खोलामा एक एक वटा दूरसंचारको टावरका लागि बेस बनाइसकिएको केसीले जानकारी दिनुभयो । यसैगरी २ वटा नाकाहरुमा बाटोको ट्रयाक खोलिएको जानकारी दिनुभयो ।

“मेरो कार्यकालमा जनताले देख्न र सुन्न अनि महसुस गर्न सकिनेगरी बिकास हुन्छ ” के.सीले दावी गर्नुभयो ।
कुनै पनि विभेद बिना जनताको सेवामा राजपुरका जनप्रतिनिधिहरु रहेको बताउँदै केसीले केन्द्र सार्ने सवालमा राजपुरका जनताहरुले विवेकपुर्ण निर्णेय गर्नेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो ।

यस बर्ष राजपुर गाँउपालिकाकाले करीब २७ करोड ६५ लाख रुपैयाँ आफ्नो क्षेत्रको बिकासका लागि खर्च गर्दै छ ।
संघीय तथा प्रादेशिक सकार संगको समन्वयमा ठूला ठूला योजनाहरु अगाडि सारेको गाँउपालिकाकाले जनाएको छ ।

(सैघाली खबर केन्द्रिय ब्यूरो टिम र पत्रकार सागर थापा सहितको टोलिले राजपुर गाँऊपालिकाको स्थलगत अबलोकन बाट तयार पारिएको )

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्