काठमाडौं, ३ असोज । चौथो संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएर ढलेकी छन् ।
चर्को घाम र भीडका कारण गर्मीले उनी ढलेको हुन सक्ने अनुमान गरिएको छ । गृह मन्त्रालयले आयोजना गरेको कार्यक्रममै सांसद बेहोस हुँदा त्यहाँ मेडिकल टिम तत्काल पुग्न सकेन ।
सेनाको एम्बुलेन्स पनि ढिलो गरी पुग्यो र एम्बुलेन्सँगै आएका डाक्टरले शान्ताको स्वास्थ्य जाँच गरी औषधि दिएका छन् । त्यसपछि उनलाई कार्यक्रमस्थलमै आराम गराइएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।