लक्कीचार्म तयार भयो-सविन प्रियासन



दाङ, असोज ३ । पल्लवी उपन्यास प्रकाशित भएको करीब पाँच महिना भएको छ । विएन पुस्कत संसार काठमाडौंले यसलाई प्रकाशित गरेको हो । पल्लवी उपन्यास लेख्नेक्रममा यसको दोस्रो भाग प्रकाशित गरुँला भनेर सोँचेको थिएन । तर लेख्नेक्रममा उपन्यासको अन्त्य पत्रकार टीका बस्नेत र नवीन अभिलाषीको सल्लाह बमोजिम फरक तरिकाले गरेको थिए । अर्थात अन्त्यमा उपन्यासका मुख्य पात्रहरु पल्लवी र सङ्केतबीच भेट हुन नपाउँदै उपन्यास टुंगाएको थिए ।

पल्लवीको बिहे हुन लागेकै दिन गलत सोचाईका कारण सङ्केत कहिल्यै नआउने सङ्कल्प गर्दै हराउँछ । पल्लवी उपन्यास वियोगान्त कथामा टुङ्गीन्छ । पल्लवी उपन्यास प्रकाशित भएपछि धेरै पाठक र शुभचिन्तकले भेट हुँदा होस् वा फेसबुकको म्यासेन्जरमा नै किन नहोस्, पल्लवी र सङ्केत बीच भेट हुन्छ हुँदैन, अर्को पाठ कहिले आउँछ भनेर सोधेर लखेटेको लखेट्यै गर्नुभयो ।

म धेरै टाढा भाग्न सकिन । शुभचिन्तकहरुले धेरै नै पछ्याउन थालेपछि पल्लवी उपन्यासको भाग दुई लेख्ने हिम्मत जुटाए । पहिले नै भाग दुई पनि लेख्छु भनेर योजना नबनाएका कारण भाग दुईलाई कसरी अगाडि बढाउने ? कसरी यसको बिट मार्ने ? भनेर सोँच्न धेरै नै दिमाग खर्चनु प¥यो ।

लेख्न सुरु गरेपछि जे जस्तो होला, शव्दहरु आफ्सेआप फुर्ने भएकाले पल्लवी उपन्यासको भाग दुई लेखि सकेको छु । पल्लवी उपन्यासको अर्को भाग भएपनि यसलाई लक्कीचार्म नाम दिन लागि रहेको छु । लक्कीचार्म शव्दमा धेरै अर्थ र सन्देशहरु छ । यसको बहस पछिपछि हुँदै जानेछ ।

पल्लवी उपन्यासकै भाग दुई भनेर लेख्न सुरु गरेकाले एकातिर पल्लवी र सङ्केतलाई मिलाउनु थियो भने अर्कोतर्फ उनीहरुको मात्र कथाले उपन्यास अगाडि बढाउँदा त्यति राम्रो होला जस्तो नलागेकाले पल्लवीको छोरी आशिष्मा र अन्य पात्र प्रितमको कथा पनि यसमा समावेश छ । पल्लवी उपन्यासले राष्ट्रिय स्तरमै धेरै नै चर्चा पाएको छ ।

यस कारण उपन्यासको विषयमा विदेशबाट समेत सोधखोज हुने गरेको छ । तसर्थ पल्लवी भाग दुई पनि पठन योग्य र सन्देश मुलक बनाउनका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गरेको छु । यसलाई सबैले मन पराई दिनुहुनेछ भन्ने आशा लिएको छु ।

पल्लवी भाग दुई (लक्कीचार्म) मात्र पढेपनि पाठकहरुले यसको मुख्य विषय बस्तु बुझ्न सक्छन् । तर भाग एक नपढेका पाठकहरुलाई केही ठाउँमा बढि मेहनत गर्नुपर्ने हुन सक्छ । त्यसैले पल्लवी भाग एक र दुई दुबै उपन्यास पढेर सल्लाह सुझाब दिनुहुनेछ भन्ने आशा छ ।

मैले लेखेको उपन्यास सबैको प्रिय बन्नेछ भन्ने पक्षमा त छैन, तर पनि यसका राम्रा र नराम्रा पक्षलाई केलाएर सुझाब पाएमा आउँदा दिनहरुमा सच्चाएर नयाँ सिर्जना तयार पार्ने प्रतिबद्धता जाहेर गर्छु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्