यातायात मजदुरको बन्दका कारण यात्रुलाई सास्ती



दाङ, ४ असोज । यातायात मजदुरले गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ । कानूनले यातायात मजदुरलाई मर्कामा पारेको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।

यातायात मजदुरले कानून संशोधनको माग गरेका छन् । मुलुकी संहिताले आफुहरुलाई अन्याय गरेको भन्दै संशोधनको माग गरेका हुन् । आफुहरुको कामले सबैलाई फाइदा पुग्ने भन्दै सानो गल्तीले बर्षौ जेल बस्ने ब्यबस्थाको खारेजी हुनु पर्ने उनीहरुको माग रहेको छ ।

यातायात मजदुरले आफुले चलाएको सवारी साधनले मान्छे मारिएमा दश बर्ष जेल बस्ने ब्यबस्था गरेको भन्दै त्यस्तो कानून संशोधन हुनुपर्ने बताएका हुन् । कसैले पनि सवारी साधन चलाउदा मान्छे मार्ने नियत हुदैन यस्तो ब्यबस्थाले मजदुरलाई हित नगर्ने उनीहरुको भनाई रहेको छ ।

 

यातायात मजदुरले राज्यले आफ्नो पेशालाई गलत ढंगले बुझेको बताएका छन् । मजदुरहरुले आन्दोलन गरेपछि लामो तथा छोटो दुरीका यात्रुहरु मर्कामा परेका छन् । यद्यपी सार्बजनिक सवारी सञ्चालन छिटफुट भएका छन् ।

यातायात मजदुरले आन्दोलन गरे पनि त्यसको नेतृत्व एवं संगठन रहेका छैनन् । आधिकारिक रुपमा कुनै संगठनले बन्दको जिम्मेवारी लिएको छैन । यातायात मजदुरका धेरै संगठन भए पनि बन्दको कुनै जिम्मेवारी कसैले लिएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्