नेपाल र चीनका दुई सरकारबीचको सम्बन्ध सुधार गरेको छुः प्रचण्ड



काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण सफल भएको दाबी गरेका छन् ।

बुधबार राति चीन भ्रमणबाट नेपाल फर्किएका प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग चीन जाँदा लिएको उद्देश्य पूरा भएको बताएका हुन् । अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण पार्टी–पार्टी बिच र सरकार–सरकारबीच सम्बन्ध बिस्तार गर्न सफल भएको बताए ।

दुवै देशमा कम्युनिष्ट पार्टीको सरकार, दुवै सरकारको लक्ष्य विकास र सम्वृद्धि भएकोले विकास सहायतामा समान बुझाइ बनेको उनले बताए ।

प्रधानमन्त्री केपी ओलीले चीन भ्रमण गर्दा भएका विकास सहायता समझदारीको कार्यान्वयन गर्न बिस्तारमा छलफल भएको उनले बताए ।

फरक प्रशंगमा प्रचण्डले अब संविधान कार्यान्वयनको प्रक्रिया धेरै अगाडि बढी सकेकोले सानातिना असन्तुष्टि प्रजातन्त्रमा गहनाको रुपमा हुने टिप्पणी गरे ।

नेकपा अध्यक्षले चीन भ्रमणमा चिनियाँ कम्युनिष्ट पार्टीका ठूला साना सबै नेताहरुसँग भेट गरे पनि राष्ट्रपति सी जिंग पिंगसँग भेट हुन सकेन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्