दाङका सम्पूर्ण सुनचादी पशलहरु बन्द, ब्यबसायीमाथी हातपात गर्नेहरुलाइ कार्वाहीको माग



चेतन रेग्मी

दाङ ५ साउन । दाङ जिल्लाका सम्पूर्ण सुनचादी पशलहरु आज बन्द भएका छन । तुल्सीपुरका सुनचादी ब्यबसायीमाथी हातपात गर्नेहरुलाई प्रसासनले कार्बाही नगरेको भन्दै उनीहरुले आज बिहीबार आआफना पसल बन्द गरेका हुन ।

हिजो बेलुका तुल्सीपुरमा रहेको दिनेश ज्वलर्सका संचालक देवीप्रशाद कौषल र उहाका छोरा कुलदीप कौशललाइ अज्ञात समुहले हातपात गरेकोे घटनाको बिरेधमा पसल बन्द गरेको ब्यबसायीहरुले जनाएका छन । उनीहरुले कुटपीटमा संमलग्नहरुलाई कार्वाहीगर्न प्रसासन उदासीन बनेको भन्दै ब्यबसायीहरुको सुरक्षाको माग समेत गरेका छन ।

यसैबिच दाङ तुल्सीपुर सुनचादी ब्यवसायी समीतीले आज एक बिज्ञेप्ती जारीगरी ब्यबसायी हातपातको घटना प्रती बिरोध जनाएको छ । समीतीका अध्यक्ष मदन केसीले बिज्ञेप्तीजारी गर्दै घटनाप्रती आफनो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । उहाले उत घटनालाई गम्भीर रुपमा लीन र ब्यबसायीको सुरक्षामा ध्यान प्रसासन संग जोडदार रुपमा माग गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्