दाङमा पहिलो स्पोर्टस् ट्रेर्निङ सेन्टर



दिपक बोहरा,
तुलसीपुर, ४ असोज ।

दाङमै पहिलो पटक स्पोर्टस् ट्रेर्निङ सेन्टर सञ्चालन आउने भएको छ । तुलसीपुरमा ज्ञान ज्योती स्पोर्टस् ट्रेनिङ सेन्टर सञ्चालनमा आउन लागेको बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको थियो । खेलकुदलाई ब्यबसायीक रुपमा लैजाने, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न स्पोर्टस् ट्रेनिङ् सेन्टर स्थापन गरिएको सेन्टर सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र जिसीले बताए । दाङमा खेलिने सबै ईनडोर र आउटडोर खेलहरुको ट्रेनिङ दिने उनले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

फूटवल, क्रिकेट, तेक्वान्दो, कराते,ह्यान्डबल, मार्सल आर्ट, जुडो, ब्याडमिनटन, भलिबल, कबड्डीलगायतका खेलहरु खेलाईने ट्रेनिङ सेन्टर सञ्चालक समितिका सदस्य अरुण लहरेले बताए । यो दाङमा नयाँ अभ्यास भएको उनले बताए ।

पत्रकार सम्मेलनमा सदस्य बिनिल केसीले खेल क्षेत्रको बिकास गर्न निजि लगानीबाट पहल थालिएको बताए । सरकारले खेलकुदलाई अगाडि बढाउने चासो नदिएको अबस्थामा आफुहरुले दाङको खेलकुदको बिकासमा निजि क्षेत्रबाट पहल थालिरहेको बताए ।

सेन्टर स्थापनको तयारी तीब्र पारिएको उनले बताए । गोलौरामा दुई बिगाहा जग्गा भाडामा लिएर खेलसंरचना निर्माणको तयारी तीब्र पारिएको उनको भनाई छ । साथै खेल क्षेत्रमा ईच्छुक सबै उमेर समुहले सहभागिता जनाउन सक्ने उनले बताए । उनीहरुलाई खेलमा देखाएको दक्षताका आधारमा प्रमाणपत्र पनि उपलब्ध गराईने उनको भनाई छ ।

अध्यक्ष जिसीको अध्यक्षता तथा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्ली डाँगीको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन भएको हो । त्यस अवसरमा प्रमुख अतिथि डाँगीले निजि क्षेत्रको बिकासका लागि लगानी भित्रिनु राम्रो पक्ष भएको बताए । राज्यले निजि लगानीलाई प्रोत्साहन गर्नुपर्ने समेत उनले बताए । यसले खेलकुद बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ । कार्यक्रममा तेक्वान्दो संघ प्रदेश ५ का अध्यक्ष बिमल रिजाललगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । पत्रकार सम्मेलनको सहजीकरण प्रेस सल्लाहकार लक्ष्मण बस्नेतले गरेका थिए ।

 

 

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्