समाचार

१८ किलो चरेससहित दुई जना पक्राउ

By थाहा अनलाइन

September 20, 2018

बझाङ : मष्टा गाउँपालिको घुरलबाट १८ किलो चरेससहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मष्टा गाउँपालिका–२ खिकालाका १८ वर्षीय दीपक बोहरा र ३९ वर्षीय हस्त पुरी रहेको प्रहरीले जनाएको छ।

बिहीवार बिहान इलाका प्रहरी कार्यालय भातेखोलाका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। मष्टा गाउँबाट सदरमुकाम चैनपुर बजार ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताइएको छ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङ प्रहरी नायब उपरीक्षक प्रविण धितालले जानकारी दिए।