दाङ निर्माण व्यवसायी संघको अध्यक्ष पदमा पुर्व महासचिव बिकास पुनको दावी, कीन ?



बिष्णुकुमार देवकोटा
दाङ असोज ४

 

“देश संघीय संरचनामा गएकाले अब बन्ने ऐन नीयम तथा कानुनहरुमा मेरो अर्जुन दृष्टिहुनेछ” पुनले भने ।

सन्निकट दाङ निर्माण व्यवसायी संघको अध्यक्ष पदमा निर्माण व्यवसायी तथा पुर्व महासचिव बिकास पुनले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

पुनले आफ्नो महासचिवीय कार्यकालमा उल्लेख्य सुधारका कामहरु गरेका कारणले व्यवसायी तथा निर्माण व्यवसायी वीच पुन लोकप्रिय छन् ।
देश संघीय संरचनामा गैसकेका कारणले पनि यस पटकको निर्माण व्यवसायीहरुको निर्वाचनलाई अर्थपुर्णरुपमा हेरीएको छ ।

बृद्धाश्रममा खाद्य सामग्रि बितरण गर्दै समाजसेवी बिकास पुन साथ मा पत्रकार महासंघ का अध्यक्ष सविन प्रियासन

दाङमा पुलहरुको निर्माण कार्यमा ढिलाइका कारण निर्माण व्यवसायीहरु बदनाम भैरहेको बेला बिकास पुनले समावेसी रुपमा सबैलाई मिलाएर निर्माणकार्यमा तिब्रता दिन सक्ने सम्भावनायुक्त नेताकोरुपमा व्यवसायीहरुले लिएको बुझाई छ ।
आफु महासिचव भएको बेला सबै निर्माण व्यवसायीहरु लाई मिलाएर अघी बढेको स्मरण गर्दे पुनले महासचिव चलाईसकेकाले अध्यक्षमा आफ्नो दावेदारी सबैलाई स्विकार्यहुने विश्वास व्यक्त गरे ।

समाजसेवामा समेत सकृय रहेको पुनले आफ्नो नेतृत्वलाई सर्वसहमतिको वातावरण तयार गर्नपनि पुर्व अध्यक्षहरु तथा निर्माण व्यवसायीहरुलाई आग्रह गरे ।
“मेरो नाममा अग्रजहरुलाई कुनै आपत्तिहुने छैन” पुनले भने । आफु जहिलेपनि अग्रजहरुको सल्लाह सुझावलाई आत्मासात गर्दे अगाडि बढ्ने पुनले बताए ।

“देश संघीय संरचनामा गएकाले अब बन्ने ऐन नीयम तथा कानुनहरुमा मेरो अर्जुन दृष्टिहुनेछ” पुनले भने ।

 

जनताले चाहेको बिकास, पारदर्शिता , काममा चुस्तता र समानुपातिक हिसाबले सबै निर्माण व्यवसायीहरुले काम पाउने वातावरणको श्रीजना गर्ने भन्दै पुनले आफु बामपन्थिको प्यानलबाट अध्यक्षपदमा प्यानल बनाएर चुनाव लड्ने मनस्थिती बनाएको पनि पुनले खुलासा गरे ।

“मेरो वास्तविक बाटो समाजसेवा र निर्माण क्षेत्रको सुधार हो ” पुनले भने । साथी भाइहरुको गलत संगतले आफुले जीवनमा केही अप्ठेरो परिस्थीतिको सामना गर्नुपरेतापनि आफु समाज सेवा र निर्माण व्यवसायीको पक्षमा सधैव रहेको पुनको दावी छ ।
“निर्माण व्यवसायी समिती भित्र हुँदा होस् वा बाहिर हुँदा किन नहोस् उसले (बिकास पुनले) सधै निर्माण क्षेत्रको बिषयमा चिन्ता र चासो व्यक्त गर्ने व्यक्ति हो ” बिकास पुनलाई नजिक बाट चिन्ने एक निर्माण व्यवसायी बताउँछन् । बिकासले निर्माण व्यवसायीहरुको हक हितका लागी आमूल परिवर्तन गर्न सक्ने ठम्याई सहकर्मीहरुको छ ।

“समयको माग हो , यो बिकासको माग होइन ” बिकासका सकर्मी ले भने ।

विगतलाई आफुले भुल्न चाहेको भन्दै विभिन्न आरोह, अवरोहकाक्रममा भएका घटनाहरुलाई लिएर अहिले आफु विवाद गर्ने पक्षमा नरहेको र सबैसंग नजिक रहेर र आफुभन्दा अग्रजहरुको सल्लाह, सुझाव लिएर अघि बढ्ने सोच रहेको सुनाए । आफु सच्चीन चाहेको बताएका उनले अव पुराना गतिविधि जानि नजानि भएको भन्दै अव आफु त्यो वाटोमा लागेर जिवन वर्वाद पार्न नचाहेको पनि उनले बताए ।

‘विगतमा जानि नजानि भएका गल्तिहरुलाई महसुस गर्नु वाहेक अरु केही छैन, म सबै निर्माण ब्यवसायि साथिहरुसंगै रहेर काम गर्न चाहन्छु, विगतमा तिता मिठा भुलेर नयाँ शिरामा सहकार्य आवश्यक मैले देखेको छु, अव पुराना कुराहरु लिएर विवाद गर्नुको अर्थ मैले देखीराको छैन, मैले निर्माण ब्यवसायि संघको जिल्ला नेतृत्वमा दावि गरेर अहिले विभिन्न पुराना, अग्रज निर्माण ब्यवसायिहरुलाई भेटेर सल्लाह, सुझाव लिइरहेको छु, यसपालि मैले जिल्ला नेतृत्व दावि गरेको छु, सबैले साथ दिएको खण्डमा अवश्यक नेतृत्वमा जाने विश्वास लिएको छु ।’ अहिलेको वर्तमान परिस्थिती र उमेर सबै हिसावले पुरानो वाटो ठिक नरहेको भन्दै अव यस्ता गल्ति दोहो¥याउने पक्षमा नरहेको पनि बताए । उनले अवको एक महीनाविच जिल्लामा पनि निर्माण ब्यवसायि संघको नयाँ नेतृत्व चुनिने बताए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्