दाङ प्रहरीको रणनीति नं १- दाङ प्रहरीलाई सिरीयल सफलता, पेस्तोल सहित बुढा गिरफ्तार



बिष्णुकुमार देवकोटा
दाङ असोज ४
दाङ जिल्लालाई हतियारमुक्त बनाउने अभियान संचालन गरीरहेको दाङ प्रहरीलाई लगातार सफलता हासिल भइरहेको छ ।
केहि दिन अघि मात्र जिल्ला प्रहरी कार्यालय दाङले घोराही वडा नं १५ बाट एक जनालाई अमेरीकामा बनेको अत्याधुनिक पेस्तोल सहित पक्राउ गरेका केहि दिन नबित्दै फेरी होम मेड (घरमै बनाएको ) पेस्तोल सहित घोराही उपमहानगरपालिका वडा नं १२ का  जुन कुमार बुढालाई पक्राउ गरेको छ ।

पत्रकार सम्मेलनमा प्रहरी अफिसरहरु – फोटो सागर थापा

हतियार धारी बुढालाई प्रहरी लाई सूचनाका आधारमा वडा नं १३ बाट हसोज २ गते गिरफ्तार गरी अबैध हातहतियार तथा खरखजाना ऐन अन्तर्गत म्याद थप गरी मुद्धा चलाईएको जिल्ला प्रहरी प्रमुख कृष्णहरी शर्मा ले आज पत्रकार सम्मेलन गर्दे जानकारी दिनुभयो ।
बुढालाई रातको १० बजे प्रहरीले पिछा गर्दै गिरफ्तार गरेको हो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्