अख्तियार प्रमुखमा सर्वसम्मतिले घिमिरे अनुमोदित



काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे नियुक्त भएका छन्। बिहीबारको संसदीय सुनुवाइ समितिले अख्तियार प्रमुखमा उनको नाम अनुमोदन गरेको हो। उनको नाम सिफारिस भएसँगै राष्ट्रपतिबाट शफत लिनुपर्ने कानुनी व्यवस्था छ।

सुनुवाइका क्रममा उनलाई सांसदहरूले विभिन्न प्रश्नहरू सोधेका थिए। उनीविरुद्ध कुनै पनि थिएनन्। सांसदहरूले सोधेका प्रश्नहरूको घिमिरेले जवाफ दिएका थिए।

घिमिरेले आयोगलाई व्यक्तिभन्दा पनि पद्धतिमा चलाउने प्रतिबद्धता जनाउनुका साथै जनतामा अख्तियारप्रति आस गर्ने बनाउने आफ्नो योजना रहेको सुनाए।

घिमिरेले दिएको उत्तर, आयोगप्रतिको कार्ययोजना र उनको अनुभवप्रति सुनुवाइ समिति सन्तुष्ट रहेको हुनाले उनको नाम अख्तियार प्रमुखमा अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। घिमिरेको आजै राष्ट्रपतिबाट शफत हुने कार्यक्रम रहेको बताइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्