तुलसीपुरमा ट्याक्टर दुर्घटना एक जना गम्भीर घाईते



तुलसीपुर ४ असोज ।।
तुलसीपुरमा ट्याक्टर दुर्घटना हुदा एक जना गम्भीर घाईते भएका छन् । दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालीका ६ गोलौरा निवासी चालक नोखजाज भण्डारी गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाईते भण्डारीलाई छाती र करङगमा गम्भीर चोट लागेको र टाउकोमा सामान्य चोट देखिएको प्रहरीले बताएको छ । भण्डारीलाई राप्ती अञ्चल अस्पतालमा सामान्य उपचार पछि नेपालगञ्ज रिफर गरिएको छ । आज विहान ७ बजे बारी जोतेर फर्किने क्रममा ट्याक्टर अनियन्त्रित भईे दुर्घटनामा परेको हो । ट्याक्टर नालीमा खसेको प्रहरीले जानकारी दिएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्