सार्वजनिक लेखा समितिको सभापतिमा भरतकुमार साह , सवै समितीले नेतृत्व पाए



 

काठमाडौं, ४ असोज ।
प्रतिनिधिसभाको महत्वपूर्ण समिती मानीने सार्वजनिक लेखा समितिको सभापतिमा भरतकुमार साह निर्वीरोध निर्वाचित भएका छन् । यो संगै दश विषयगत समितिले नेतृत्व पाएको छ । ती सवै समितीको सभापतिमा एक एक जनाको मात्र मनोनयन परेपछि सभापति निर्विरोध भएका हुन् ।

जसमध्ये अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अर्थ समितिको सभापतिमा कृष्णप्रसाद दाहाल, पवित्रा निरौला खरेल, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित विमल श्रीवास्तवले नेतृत्व गर्ने भएका छन् ।

यस्तै, कानुन न्याय तथा मानव अधिकार समितीमा कृष्णभक्त पोखरेल, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, राज्य व्यवस्था तथा सुशासन समितीमा शशी श्रेष्ठ, विकास तथा प्रविधि समितीमा कल्याणी खड्का, महिला तथा सामाजिक समितीमा निरुदेवी पाल, शिक्षा तथा स्वास्थ्य समितीमा जयपुरी घर्ती रहनुभएको छ ।

मनोनयनमा परेकाहरु निर्वाचित भएको औपचारिक घोषणा भने शुक्रवारमात्र हुनेछ । दश विषयगत समितिमध्ये सत्तारुढ दलले एक समिति सत्ता साझेदार संघीय समाजवादी फोरमलाई दिएका छन्। यस्तै, प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लेखा समितिको नेतृत्व गर्ने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्