अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीको धम्की



काठमाडौं, ४ असोज । अग्रिम टिकट बुकिङ भोलिदेखि खुल्ला नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै दशैको मुखमा महासंघले यस्तो चेतावनी दिएको हो ।
नेपाल आयाल निगमले हालै मात्र इन्धनको मूल्य बृद्धि गरेको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर ३र३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको छ ।

मूल्यबृद्धि फिर्ता लिन सरकारलाई यातायात व्यवसायीले ४८ घन्टे अल्टिमेटम दिएको थियो । आफूहरुको माग सुनुवाई नगरेको भन्दै महासंघले बैठक बसेर भोलिदेखि गर्ने भनिएको दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्