अख्तियारमा घिमिरे सर्वसम्मत् भएसंगै गरे पदभार ग्रहण



‘अख्तियारको नाम लिएर हाउगुजिका दिन गए’

काठमाडौं,४ असोज ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्व सचिव नविनकुमार घिमिरे सर्वसम्मत् चयन हुनु भएको छ । संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले आयोगका आयुक्त घिमिरेको नाम सर्वसम्मत् अनुमोदन गरेको हो । गत भदौ २० गते बसेको संवैधानिक परिषद्को वैठकले घिमिरेलाई आयोग प्रमुखका लागि सिफारिस गरेको थियो ।

समितिले उहाँको नाम अनुमोदन गरेसँगै उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । घिमीरे बिरुद्ध उजुरी आह्वान गरिएपनि कुनै उजुरी समितीमा परेको थिएन ।

यसैविच, अख्तियार प्रमुखमा अनुमोदीत भएलगत्तै घिमिरेले आयोगको कार्यालय पुगी पदभार ग्रहण गर्नुभएको छ । प्रमुख आयुक्त घिमिरेलाई आयोगका कर्मचारीले स्वागत गरेका थिए ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले प्रमुख आयुक्तलाई पद तथा गोपनीयताको शपथ गराएलगत्तै पदभार ग्रहण गराउनुभएको हो । अख्तियारको नाम लिएर हाउगुजिका दिन गएको प्रमुख आयुक्त घिमिरेको भनाई छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार बेलुकि आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नवनियुक्त घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराइएको हो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो । घिमीरेले गत ०७४ फागुन २ देखि कार्यवाहकका रूपमा कार्यरत रहँदै आउनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्