उपराष्ट्रपतिद्वारा व्यवसायिक सहकार्य सम्बन्धी सम्मेलनलाई संबोधन



छेन्दु, ५ असोज। १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई संबोधन गर्न आउनुभएका सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले बेल्ट एण्ड रोड सम्बद्ध राष्ट्रहरुको व्यवसायिक सहकार्य सम्बन्धी सम्मेलनलाई संबोधन गर्नुभएको छ ।


उहाँले बिहीबार दिउँसो सो सम्मेलनलाई संबोधन गर्नुभएको हो । उहाँले सम्बोधनको क्रममा चिनियाँ लगानीकर्ता र विआरआई सम्बद्ध राष्ट्रका व्यवसायिक प्रतिनिधिहरुलाई नेपालमा लगानीका लागि अपिल गर्नुभयो । उपराष्ट्रपतिले बिहीबार नै भूकम्पपछि पुनःनिर्मित तुजिएङयान संग्राहलय र जिउलोङ समुदायको बस्तीको अवलोकन भ्रमण गर्नुभयो । उपराष्ट्रतिसँग शुक्रबार विहान चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्त सचिव पेङ छिङ हुवाले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्