एकै दिन ६ सय जना मतदाताद्धारा नामावली दर्ता



सैघाली खबर

दाङ,श्रावण ५ । जिल्ला निर्वाचन कार्यालय दाङमा बिहीवार मात्र ६ सय ५ जना मतदाताहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । कार्यालयका अनुसार आज चौथो दिन जिल्लामा २ सय ७९ पुरुष र ३ सय २६ महिला गरी जम्मा ६०५ जनाको फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजय कार्कीले वताउनुभयो ।

गाउँ गाउँ बाट फोटो सहितको मतदाता नामावली बनाउँने सर्वसाधारणको घुईचो समेत लागेको कार्यालय प्रमुख कार्कीले वताउनुभयो । मतदाता नामावली दर्ताका लागि राजनितिक दलहरुले गाउँ गाउँ बाट आफ्ना पार्टी कार्यकता ल्याएका कारण मतदाता नामावली गराउनेहरुको सख्यामा बृद्धि भएको उहाँको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्