तुलसीपुर–अमिलिया सडक खण्डले पायो तिब्रता



दाङ,५ असोज । राप्ती लोकमार्ग अन्तरगत दाङको लमही नगरपालिका वडा नम्बर ९ अमिलिया देखि तुलसीपुरसम्मको सडकलाई दुई लेन बनाउने कामले तिब्रता पाएको छ ।

अहिले सवारी आवागमन बन्द गरेर भएपनि कामलाई तिब्रता दिईएको छ । रिुकुम, सल्यान, रोल्पा, दाङलगायतबाट नेपालगंंज, बुटवल, काठमाडौं जानालाई त्यही सडक प्रयोग हुने भएपनि सडक साँघुरो हुँदा आवत जावतमा समस्या हुनेगरेको भन्दै सडकलाई दुई लेन बनाउन लागिएको डिभिजन सडक कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले बताए ।

उनका अनुसार अनुसार पछिल्लो समय भित्रिएका ठूला गाडिहरु आवत जावतमा समस्या भएको भन्दै सडकलाई दुईलेन बनाउन लागिएको हो । सडक साँघुरो हुँदा दूर्घटनाको जोखिम बढेको भन्दै दुईलेन बनाउन लागिएको उनले बताए ।‘ठुला ठुला गाडिहरु भित्रिएका छन्, भने गाडिहरुको चाप पनि बढि हुने गरेको छ’ उनले भने‘ त्यसले दुर्घटनाको जोखिम हुनेभएपछि दुई लेन बनाउन लागिएको छ ।’

 

दैनिक एकसय भन्दा बढि ठुला सवारी आवातजावत हुने गरेको उक्त सडक खण्ड दुईलेन बनाउन शुरु भएसंगै केही समय सवारी आवागमण समेत बन्द गरिएको छ । सूचना अधिकारी गौतमका अनुसार मंगलबार देखि विहान ७ बजे देखि ११ बजे, मध्यायन्न १२ देखि ४ र बेलुका ६ देखि ९ बजेसम्म सवारी आवतजावतमा रोक लगाईएको छ । त्यो बाहेक अन्य समयमा भने सवारी साधन आवातजागत गर्न सक्ने उनले बताए । ‘निरन्तर काममा कुनै अबरोध नहोस भनी गाडि बन्द गरेर कामलाई तिब्रता दिएका हौं’ उनले भने । उनका अनुसार बिहान ११ देखि मध्यान्न १२ बजे सम्म, बेलुका ४ देखि ६ बजेसम्म र साँझ ९ बजेदेखि बिहान ७ बजेसम्म भने सडक खुल्ला रहनेछ ।

काम पूरा नहुँदा सम्म यही प्रक्रिया चल्ने उनको भनाई छ । अमिलिया–तुलसीपुर सडकखण्डको २ किलोमिटर उत्तर देखि ७ किलोमिटर सम्म दुईलेन बनाउने काम भईरहेको छ । २०७६ पुस मसान्तसम्म पुरा भईसक्ने गरि शुरु भएको उक्त सडक दुई लेन बनाउन १३ करोमा काम भईरहेको छ । केएस कन्ट्रक्सनले निर्माणको जिम्मा लिएको सूचना अधिकारी गौतमले बताए । उनका अनुसार काम तिब्ररुपमा अगाडि बढेकाले समयमै पुरा हुने बताए ।‘काम तिब्र रुपमा अगाडि बढिरहेको छ’ उनले भने‘ यही गतिमा अगाडि बढे समयमै पुरा हुन्छ ।’ निर्माणको काम साउन देखि शुरु भएको हो ।

बिकास निर्माण गर्नेक्रममा आउने समस्यालार्इं सामान्य रुपमा लिनुपर्ने उनको भनाई थियो । सडक साँघुरो हुँदा सवारी आवतजावतमा निकै कठिनाई हुनुका साथै दुर्घटनाको पनि जोखिम थियो । यो समस्या अन्त्य हुने बिश्वास लिईएको छ । चाडपर्बको समयमा सडक आवतजावत बन्द हुदा यात्रुहरु भने मारमा रहेको गुनासो गरेका छन् । तर सडक दुईलेन हुनेभएपछि सवारी चालक भने खुसी भएका छन् । तुलसीपुरका सवारी चालक नेप चौधरीले भने‘यस अघि साँघुरो सडकमा गाडि चलाउन समस्या हुन्थ्यो’ उनले भने ‘अब भने त्यो समस्या हट्नेछ ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्