मनोरञ्जन

अस्कर अवार्डका लागि नेपालबाट ‘पञ्चायत’ छनोट

By थाहा अनलाइन

September 21, 2018

एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसद्धारा हरेक बर्ष आयोजना हुने अस्कर अवार्डको ९१ औ श्रृङ्खलाका लागि नेपालबाट चलचित्र ‘पञ्चायत’लाई छनोट गरिएको छ ।

विदेशी भाषी सर्वोत्कृष्ट चलचित्रको विधामा प्रतिस्पर्धाका लागि ५० बर्ष पुरानो कथामा निर्माण भएको चलचित्र ‘पञ्चायत’ छनोटमा परेको हो । अवार्डमा सहभागी हुनका लागि ‘तान्द्रो, पञ्चायत र माइ लभ’ दर्ता भएका थिए ।