कस्तो अचम्म ! अर्जुन कौशलको कानमा पनि गितार (भिडियो)



सैघाली खबर, ५ असोज ।
बहुप्रतिभाका धनी गाएक अर्जुन कौशलका हरेक गीत निकै नै चर्चित छन् । बिभिन्न भाषाभाषीमा पनि स्वर दिएका गाएक कौशल सबैको रोजाईमा पर्ने गाएक हुन् । हिमचुलीमा घाम लाग्यो घमाईलो, तीनौ खोला पारि, ड्राईभरमा माईलो, यानी मायाँ, भिरको बाटो लगाएतका थुपै्र गीतहरुमा अर्जुन कौशलले स्वर दिईसकेका छन् भने यि गीतहरु निकै चर्चित गितहरु पनि हुन् उनका ।

थारु, मगर, गुरुङ, देउडा लगाएत थुप्रै भाषामाका गीतहरुमा पनि गाएक कौशलले स्वर दिएका छन् । गीत मात्रै गाउनुहुन्छ कि गीत गाएका जति सबै भाषा बोल्न आउछ भन्ने सैघाली खबरको प्रश्नमा गाएक कौशल भन्छन्, मलाई गीत गाएका जति सबै भाषाहरु बोल्न आउदैन, उनिहरु बोलेको पनि बुझ्दैन तर गीतहरु भने गाउछु । यिनै गाएक अर्जुन कौशलसंग गरिएको रमाईलो कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्