थवाङ वाट उद्धार गरी काठमाण्डौ पु¥याएकी विकको हेलिकप्टरको भाडाँ गृहमन्त्रालयले व्याहोर्ने



सैघाली खबर
साउन ५ ,दाङ । जीवन मरणको दोसाँधमा रहेकी रोल्पा थबाङकी सुत्केरी बरमाया बिकलाई उद्धार गरेर काठमाडौं लैजाने हेलिकप्टरको भाडा गृह मन्त्रालयले तिर्ने भएको छ ।

गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले मन्त्रालयबाटै भाडाको ब्यवस्था गर्न मन्त्रालयलार्य निर्देशन दिनुभएको छ । त्यसका लागि मन्त्रालयले रोल्पा जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने गरी मन्त्री शर्माले निर्देशन दिएको उहाँका प्रेस सल्लाहकार लक्ष्मी पुनले जानकारी दिनुभयो ।

गृहमन्त्री शर्माले गर्भवतीको उद्धारका लागि मंगलबार नेपाली सेनाको हेलिकप्टर तत्काल उद्धारका लागि हेलिकप्टर पठाउनुभएको थियो ।गर्भवतिीबिकलाई काठमाण्डौँ थापाथलीस्थित प्रसुतीगृहमा पु¥याएर उपचार गरिएको थियो । अस्पताल पु¥याएलगत्तै उहाँले छोरा जन्माउनुभएको थियो । सर्वसाधारण व्यक्तिले सेनाको हेलिकप्टर प्रयोग गर्न चाहेमा गृहमन्त्रालयको अनुमतिमा भाडा तिरेर प्रयोग गर्ने प्रावधान रहेको छ ।
साभार ः सिस्ने अनलाईन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्