सैघाली खबर, असोज ।
कलाकार सिताराम कट्टेल ‘धुर्मुस’को जन्मदिनको अवसर पारेर फिल्म घोषणा गर्ने आशा गरिएको थियो । तर तयारी नपुगेको भन्दै धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले फिल्म घोषणा गरेनन् । यद्पी उनीहरुले बनाउने फिल्ममा रहने सम्भावित कलाकार भने खुलाए ।
‘यति धेरै मिडिया माझ र शुभ दिनमा फिल्मको घोषणा गर्न सकेको भए राम्रो हुन्थ्यो । तर टिम फाइनल नहुँदा केहि समय पछि सबै मिडियालाई नै बोलाएर गर्ने छौं’, धुर्मुसको जन्मदिन मनाउने कार्यक्रममा सुन्तलीले भनिन्, ‘निर्देशन कस्ले गर्ने भन्ने कुरामा पनि अहिले हामी दोधारमा छौ ।
सुन्तलीले मात्र गर्ने हो की धुर्मुमु सुन्तली गर्ने या अरुलाई नै लगाउने हो त्यो फिक्स भएको छैन । अब कलाकार त हामी भैहाल्यौं ।’ धुर्मुसको जन्मदिनमा उपस्थित भएका कलाकार तथा धुर्मुसका पुर्व जोडी कलाकार केदार घिमिरेले माग्ने बुढा भने आफुहरुले बनाउने फिल्ममा नरहने सुन्तलीले खुलाइन् ।
टिम भन्दा बाहिर काम गर्न नमिल्ने माग्ने दाइले भन्नु भएको छ, सुन्तलीले भनिन् ।यस्तै नायक प्रदीप खड्का फिल्ममा हुने नहुने बारे पनि धुर्मुस सुन्तलीले खुलाउन चाहेनन् । धुर्मुस र माग्ने बुढा मेरी बास्सैका हिट जोडी हुन् । अहिले उनीहरु फरक फरक समुहसँग काम गरिरहेका छन् ।
https://www.youtube.com/watch?v=-XvCyDJJ8o0

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।