द्वन्द्वपिडितहरुको ३ करोड ८६ लाख राहात रकम फ्रिज



गिरिराज नेपाली
साउन ५ , दाङ । दाङमा द्वन्द्व पिडितहरुका लागि सरकारले दिएको ३ करोड,८६ लाख ५० हजार रुपैया राहात रकम फ्रिज भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । समयमा पिडितहरु राहात रकम लिन नआउदा , हकदारहरु पत्ता नलाग्दा र हकदारीहरु वैदेशिक रोजगार वा वसाई सराई सरेर जाँदा पिडितहरुको लागि सरकारले दिएको राहात रकम फ्रिज भई गएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७३÷७४मा दाङका द्वन्द्व पिडितहरुका लागि राहात तथा पुनःस्थापना ईकाईले २६ करोड , १ लाख ५० हजार रुपैया विनियोजन गरे पनि जिल्लमा २२ करोड ,२८ लाख ,५० हजार रुपैया मात्रै वितरण कगरिएको श्रेष्ठले जानकारी दिए । जसमा मृतक ३ सय ७७ जना लाई प्रति व्यक्ति ५ लाखका दरले १८ करोड , ५ लाख र १ जना छुट पिडित लाई ७ लाख रुपैया गरी १८ करोड , ९२ लाख रुपैया , ५१ जना वेपत्ता परिवारका पिडितहरु लाई प्रति व्यक्ति ५ लाखका दरले २ करोड , ५५ लाख र मृतक सेना ÷प्रहरी ५१ जनाका परिवार १ लाख ५२ हजारका दरले ८१ लाख ५० हजार गरी ४ सय , ८२ जना लाई राहात वितरण गरिएको प्रमुख जिल्ला अधिकार श्रेष्ठले जानकारी दिए । उनले भने – ‘ दाङका ५ सय ३० जना द्वन्द्व पिडितहरुका लागि राहात रकम विनियोजन भए पनि पिडितहरु राहात लिन नआएकाले मोटो राहात रकम फ्रिज भएको छ । ’ राहातका लागि सिफारिसमा परेको मृतक ३६ जना परिवारहरु सम्र्पकमा आउन नसकेको समेत जानकारी दिए । सरकारले शशस्त्र द्वन्द्वका क्रममा मृतक ,वेपत्ता र घाईते भएकाहरु पिडित परिवारहरुका लागि दुई चरणमा गरी १० लाख रुपैया पु¥याए पनि अधिकाश पिडितहरु पिडितहरुले अझै राहात पाउन सकेका छैनन । जसका कारण पिडितहरु थप पिडित वन्ने गरेको छन । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले थपे – ‘राहात पाउन नसकेका वास्तविक पिडितहरु लाई सरकारले लगत संकलन गरी राहातका लागि कानुनी प्रक्रियामा लैजानु पर्ने वताए ।’
तर उनले राहात वितरणका क्रममा देखिएका भोगाईहरु सुनाउदै भने ‘ पिडितहरु हकदावीको अन्तर विरोधका कारण मृतक वा वेपत्ताका नाममा आएका राहात रकम फ्रिज भई गएको वताए । पिडित परिवारहरु घर छुट्टी विभाजन हुदा हकदावीमा दुई पक्ष दावेदार वन्दा राहात वितरणमा समस्या पैदा भएको छ । ३६ जना मृतक व्यक्तिहरुको नाममा आएको राहात रकममा त्यो अवस्थामा अधिकाशमा देखिएको समेत श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने ‘ राहात लिनका लागि असारको ३० गते दिउसो ३ वजे सम्म आएका पिडितहरु लाई सवैलाई राहात रकम हस्तान्तरण गरिसकेका छौ । ’ वाँकी आउन नसकेका पिडितहरुको मृतक ३६ र वेपत्ता तथा मृतक सेना प्रहरीको भने लगत संकलन अझै नभएको जानकारी दिए ।
स्थानिय शान्ती समिति दाङका अनुसार जिल्लाका कुल जम्मा ४ हजार , २ सय ८६ जना द्वन्द्व पिडितहरु राहातमा लागि २ हजार ६ सय , ७६ जनाको मात्रै नाम सिफरिस भएको जनाएको छ । जस मध्ये १ हजार , १ सय , ६९ जनाले मात्रै राहात रकम प्राप्त गरेको जनाएको छ । स्थानिय शान्ती समिति दाङका संयोजक नेत्र प्रकाश पाण्डेका अनुुसार जिल्लमा करिव ४ हजार ३ सय द्वन्द्व पिडितहरु रहे पनि हाल सम्म ४ भागको १ भागलाई मात्रै राज्यले राहात वितरणमा समावेश गरी न्याय दिलाएको वाँकी ३ हजार , १ सय १७ जना अझै राहातमा पर्खाईमा वसेको उनले वताए । उनले भने ‘ सरकारले समावेशि रुपमा छुटमा परेको पिडितहरु लाई लगत संकलन गर्न नसक्दा पिडितहरु अझै पिडित वन्दै गईरहेको उनले वताए । राज्यले पिडितहरुको न्यायका लागि सरकारले एक पटक छुट लगत संकलन गर्न समेत आग्रह गरे ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्