खुर्सिद हत्याको छानबिन गर्न समिति गठन



सैघाली खबर, ५ असोज ।

गृह मन्त्रालयले खुर्सिद अन्सारी हत्याबारे छानबिन गर्न समिति बनाएको छ । प्रदेश १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा गठित समितिमा सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थम्सु, राष्ट्रिय अनुसन्धानका उप-निर्देशक तुलसी प्रसाईँ, आन्तरिम मामिला तथा कानून मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे छन् ।

समितिले १५ दिनभित्र घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । मृतकको परिवार एवं पीडित पक्षलाई गृहमन्त्रीले काठमाडौंमा भेट्ने भन्दै त्यसका लागि व्यवस्था मिलाउन पनि सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई दिर्नेशन दिइएको छ ।

स्थानीयले भने गृहमन्त्री आफैं उपस्थित भएर घटनाको छानबिन गर्ने प्रतिवद्धता नजनाएसम्म शव नउठाउने बताएका छन् । खुर्सिदको बिहीबार हरिनगरा गाउँपालिका भुताहा बजारमा गोली हानी हत्या भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्