प्रदेश ५

प्लाष्टिक जलाउनेलाई कारबाही

By थाहा अनलाइन

September 21, 2018

 दाङ,५ असोज ।  घोराही उपमहानगरपालिकाले प्लाष्टिकजन्य फोहोर जलाउनेलाई कारबाही थालेको छ । वडानम्वर १४ ले शनिबार दुई जनालाई कारबाही गरेको हो ।घोराहीको मासुमार्केट रोडमा प्लाष्टिकजन्य फोहोर जलाएको भेटाएपछि वडानम्वर १४ ले २ जनालाई कारबाही गरेको वडाध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

फोहोर मैला व्यवस्थापन कार्यविधि २०७४ बमोजिम अनाधिकृतरुपमा फोहोर जलाएको विषयमा महम्मद राजु र मोहमद नसिमलाई कारबाही गरिएको डाँगीले जानकारी दिनुभयो ।वडाध्यक्ष डाँगीका अनुसार उनीमध्ये राजुलाई फोहोर नजलाउन भन्दै सचेत गराएको र नसिमलाई ५ सय रुपैयाँ जरिवाना गरिएको हो ।