हत्याको विरोधमा आज दाङ बन्दको आबहन



सैघाली खबर
दाङ, श्रावण ६ ।

 

हिन्दु जागरण नेपालका जिल्ला सदस्य रणबहादुर घर्तिको अपहरण पश्चात निर्मम तरिकाले हत्या गरिएको भन्दै आज शुक्रबार ६ गते दाङ वन्दको आह्वान गरिएकोे छ । हिन्दु जागरण नेपाल दाङ जिल्ला अध्यक्ष यम बहादुर भण्डारी द्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ । जेठ २६ गते कामको शिलसिलामा रुकुम जादै गर्दा अपहरणकारीले आफ्ना जिल्ला सदस्य घर्तिको अपहरण पश्चात निर्मम तरीकाले हत्या गरेकोमा दुख व्यक्त र्गर्दे मृतकका परिवारलाई उचित क्षतिपुर्तिका साथै हत्याराहरुलाई कडाभन्दा कडा सजायको माग समेत गरिएको छ । प्रेस विज्ञप्तीमा एक दिने वन्द सफल बनाईदिन सवैमा अनुरोध समेत गरिएको छ । साथै वन्दको दिन विद्यालयहरुका साथै अत्याआवस्यकका सवारी साधनहरु निर्बाध रुपमा सञ्चालनमा आउने बन्द आयोजकले जानकारी दिएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्