प्रदेश ३

प्रियंकासंग रोमान्स गर्दै सरोज (भिडियो)

By थाहा अनलाइन

September 22, 2018

सैघाली खबर, ६ असोज ।

प्रियंका कार्की र सरोज ओली अभिनित “ए कालु” बोलको म्युजिक भिडियो रिलिज भएको छ। चर्चित गायक ओली म्युजिक भिडियोमा नायिका प्रियंकासँग रोमान्स गर्दै देखा परेका छन् ।

“तिमीलाई देखेपछि आई लभ यु”,“जता जता पिरतीको बाटो”,“माछीले खाने खोलीको लेऊ”,“पानी कुवाको” जस्ता हिट गितका गायक हुन् सरोज ओली । गायनसँगै सरोजले अभिनयको यात्रालाई “ए कालु” म्युजिक भिडियो मार्फत पनि निरन्तरता दिएका छन् ।

मेलिना राईको आवाजमा स्वरबद्ध गीतको म्युजिक भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका छन् । चन्द्र घिमिरेले लेखेको शब्दमा बसन्त सापकोटाले संगीत दिएका छन् । सुदीप बरालले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्  ।