जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी



सुनसरी, असोज ६ । सुनसरीको ईटहरी उप–महानगरपालिका–२ स्थित पानीपियामा शुक्रबार जंगली च्याउ खाएर एकै परिवारका १२ जना बिरामी परेका छन् ।

जंगली च्याउ खाएर सोही स्थान बस्ने ६५ बर्षीय पर्शुराम राई, निजकी श्रीमती बर्ष ५२ की मनकुमारी राईसहित छोरा, बुहारी, नाती–नातिनी लगायत १२ जना बिरामी परेका हुन् ।

बिरामी सबैलाई उपचारको लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्