देउखुरी, ६ साउन
सैघाली खबर
राप्ती गाउँपालीका वडा नं। १ भालुवाङ्गमा स्कुटर दुर्घटना हुदा दुई जनाको मृत्यू भएको ईलाका प्रहरी कार्यालय भालुवाङ्गले जनाएको छ ।
लु ३२ प ९४८ नम्वरको स्कुटर दुर्घटना भएको अवस्थामा भेटीएको र घटना स्थलमा दुई जना पुरुष ब्यक्ति को शव रहेको ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख रविन्द्र बहादुर खड्काले जानकारी दिनुभएको छ । मृतकहरुको पहीचान हुन सकेको छैन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।