ब्लडमनी बाफतको तिरेर फर्के दिलबहादुर



सैघाली खबर, ६ असोज ।

दुई वर्षदेखि साउदी अरबमा जेल सजाय भोगिरहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई  ब्लडमनी तिरेर स्वदेश फर्काइएको छ । दिलबहादुरले तिर्नपर्ने ब्लडमनी बपातको २ लाख २५ हजार रियाल अथवा झण्डै ६५ लाख रुपैयाँ रकम बुझाएपछि दिलबहादुर जेलमुक्त भएर शनिबार स्वदेश फर्किनुभएको हो ।

दिलबहादुरले चलाएको ट्रकमा कार ठोक्किँदा कार चलाइरहेका साउदी नागरिकको मृत्यु भएपछि उहाँ जेल पर्नुभएको थियो । अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाउँदै मृतकका परिवारलाई २ लाख २५ हजार रियाल अथवा झण्डै ६५ लाख रुपैयाँ ब्लडम सैघाली खबर, ६ असोज । दिनुपर्ने फैसला गरेको थियो ।

दिलबहादुरले तिर्नपर्ने ब्लडमनी बापतको रकम जुटाउन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको पहलमा अभियान चलाइएको थियो । अभियानबाट आवश्यकता भन्दा झण्डै एक करोड रुपैयाँ धेरै रकम उठेको दिपेश पुनले बताउनुभएको छ ।

‘तीन महिनाअघि सुरु गरेको अभियानबाट आवश्यकता भन्दा पनि बढी रकम उठेको छ, दिलबहादुरलाई चाहिने रकम परराष्ट्र मन्त्रालय मार्फत पठाएर उहाँलाई फर्काएका हौं, दिपेश पुनले फेसबुक लाइभ मार्फत भन्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्