‘न्यायमा सञ्चारको पहुँच हुनुपर्छ’



दिपक बोहरा,
तुलसीपुर, ६ असोज ।

पीडितको न्यायमा सहजता ल्याउन सञ्चारको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । शनिबार तुलसीपुरमा भएको सुरक्षा र न्याय क्षेत्रका सरोकारवाला र सञ्चारकर्मीबीच सम्बाद कार्यक्रमका बक्ताहरुले यस्तो बताएका हुन् । न्यायबाट बञ्चित भएका पीडितहरुलाई सञ्चारले समेटन सक्ने हो भने उनीहरुको सहज न्यायमा पहुँच पुग्ने बताएका थिए । त्यस अवसरमा उच्च अदालत तुलसीपुरका रजिष्टार श्रीलाल पौडेलले अन्यायका बिषयमा पत्रकारहरुले नियमित कलम चलाउनु पर्ने बताए ।

त्यसका लागि उच्च अदालतले आबश्यक सहकार्य गर्न तयार रहेको बताए । युकेएआईडी र सर्चफर कमन ग्राउन्डको सहयोगमा नेपाल पत्रकार महासंघ दाङले आयोजना गरेको कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक प्रकाश सापकोटाले पीडितहरुले आपसी मेलमिलाप गर्ने हुँदा गम्भीर प्रकृतिका घटनाहरुले प्रश्य पाईरहेको बताए । अदालतमा जानुपर्ने गम्भीर प्रकृतिका अपराधका बिषयमा पनि पीडक र पीडितले आपसी सहमती गर्दा यस्ता घटना बढ्ने उनले बताए ।

त्यस्तै तुलसीपुर उपमहानगर न्यायीक समिति सदस्य जानका रेग्मीले पीडितलाई मेलमिलाप गरेर मिल्न सक्ने प्रकृतिका बिषयलाई आफुहरुले मिलाउँदै आएको र अदालतमा पठाउनु पर्ने बिषयलाई अदालतमा पठाएको बताईन् ।

कार्यक्रममा तुलसीपुर क्षेत्रका क्रियाशिल पत्रकार, अधिकारकर्मी, कानुन ब्यबसायीलगायतको सहभागिता थियो । महासंघका सहसचिब गोकर्ण पौडेलले बिषयबस्तुका बारेमा जानकारी गराएको कार्यक्रमको सहजीकरण सहसचिब सर्मिला डिसीले गरेकी थिईन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्