सरकारी सवारी साधनको दुरुपयोग नगर्न आग्रह



दाङ । जिल्ला प्रशासन कार्यालय दाङले सरकारी सवारी साधनको दुरुपयोग नगर्न आग्रह गर्दे सुचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले सामाजिक संजाल फेसबुक मार्फत सुचना जारी गर्दै यस जिल्ला स्थित सरकारी कार्यालयहरुले जिल्ला भित्र सार्वजनिक बिदाको दिन र जिल्ला बाहिर सरकारी सवारी साधन चलाउँदा अनिवार्य रुपमा कार्यालयवाट अनुमति लिएर मात्र सरकारी प्रयोग गर्न अनुरोध गरेको छ ।


साथै सुचनामा विना पुर्व स्वीकृती वा अनुमति सवारी साधन प्रयोग गरेको पाईए कानून बमोजिम कारबाही हुने पनि चेतावनी दिएको छ ।
स्मरण होस् यस अघि सैघाली खबरले सरकारी सवारी साधनको दुरुपयोग बढीरहेको सम्वन्धमामा रिर्पोट प्रकाशन तथा प्रसारण गरेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्