अपराध

करिब ३ लाख नगद सहित १२ जुवाडे पक्राउ

By थाहा अनलाइन

September 22, 2018

दाङको घोराहीबाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । करिब ३ लाख नगदसहित १२ जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दाङ घोराही उपमहानगरपालिका वडा नं. १४ कपासीमा खेलिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याय दाङका प्रहरी उपरिक्षक कृष्णहरि शर्माले वताए । उनीहरुवाट तीन गड्डी तास सहित दुई लाख उनाननब्बे हजार एकसय नगद बरामद गरिएको प्रहरी उपरिक्षक शर्माले जानकारी दिए ।