सम्बन्ध बिच्छेद गर्दै रबिना



जनक नेपाली
गुलरिया ७ असोज । श्रीमानले छाडेपछि अलपत्र परेका जाजरकोटकी रबिना बादीले अन्तह श्रीमान संग सम्बन्ध बिच्छेद गर्ने भएकी छिन । शनिवार जिल्ला प्रहरी कार्यालय बर्दियामा भएको छफलका क्रममा उनले बर्दियाका श्रीमान श्याम वली संग सम्बन्ध बिच्छेद लागेकी हुन । आज आईतवार रविनाले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत गुलरियामा श्याम वलीका विरुद्ध सम्बन्ध बिच्छेदको माग गर्दै जाहेरी दर्ता गर्न लागेकी हुन । गुलरियाका कानुन व्यावसायी रुद्र पाण्डेको सहयोगमा उनि जिल्ला अदालतमा जान लागेकी हुन ।


रविनाले श्रीमानसंग छोराको जन्मदर्ता औषधी उपचार खर्च, पालन पोषण र छोराको अंशको माग गरेकी हुन । रविनाका श्रीमान श्याम वलीले र यस बिषयमा कुनै सहमति नदिएको उनले बताईन । छोराको मुटुमा प्वाल परेको भन्दै अर्थिक अबस्था कमजोर हुदा अब छोराको आफुले औषधी गर्न नक्ने भएकाले रविनाको भनाई छ। रविना ले अहिले ६ महिनाको छोरालाई आफै संग राखेकी छिन ।

यता रविनाका श्रीमान श्याम वलीले रविना भने आफु पनि सम्बन्ध विच्छेद गर्न तयार भएको वताएका छन् । छोराको पालन पोषण आफै गर्ने बताउँदै वलीले आफु रविना संग सम्बन्ध गर्ने मनस्थितीमा भने नभएको वलीको भनाई छ। यता रविनाका आमा बाले जातीय बिभेदका कारण रविनालाई श्यामले दुःख दिएको वताएका छन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्