दुई चरणको निर्वाचनको समिक्षा गर्दै माओवादी केन्द्रिय सचिवालय बैठक जारी



सैघाली खबर
साउन,६

दुई चरणको निर्वाचनको समिक्षा र आउँदो निर्वाचनको तयारी लागि माओवादी केन्द्रको केन्द्रिय सचिवालय बैठक बसिरहेको छ । जारी बैठकमा बोल्ने अधिकांशले आन्तरिक तयारी नपुगेका कारण पार्टीले सम्पन्न स्थानीय निर्वाचनमा हार बेहोर्नु परेको बताएका छन् । अब तेस्रो चरणको निर्वाचन र प्रदेश तथा संघिय निर्वाचनमा पार्टीलाई बलियो बनाएर लाने विषयमा समेत छलफल भईरहेको छ । छलफलमा केन्द्रिय सचिवालय सदस्य र जिल्ला इन्चार्ज समेत सहभागी रहेको प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्