मुख्य समाचार

राप्रपा निष्कर्ष महाधिवेशन लगत्तै चुनावमा जाँदा हार

By थाहा अनलाइन

July 21, 2017

सैघाली खबर साउन,६

राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन लगत्तै स्थानीय चुनावमा जानु परेकाले पार्टीले हार बेहोर्नु परेको निष्कर्ष निकालेको छ । बुधबार देखि राजधानीमा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने अधिकांशले महाधिवेशन लगत्तै चुनावमा जानु परेकाले निर्वाचनको नतिजा निराशाजनक आएको बताएका छन् । उनिहरुले नेतृत्वको आलोचना गर्दै स्थानीय तहको दुई चरणको निर्वाचनमा पार्टीले स्रोत ब्यबस्थापन गर्न नसकेको समेत बताए । राप्रपाको बिचार र सिद्धान्तलाई एकिकरणपछि आएका कार्यकर्ता माझ स्थापित गराउन नसक्नु पनि हारको अर्को कारण ठानिएको छ । तेस्रो चरणको स्थानीय निर्वाचन, प्रदेश र संघिय निर्वाचन तयारीका लागि केहि निश्कर्ष निकाल्दै राप्रपाको केन्द्रीय समिति बैठक आज सकिने प्रवक्ता सुशील श्रेष्ठले जानकारी दिनुभयो ।